नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु, २० फिट गहिराईबाट शव निकालियो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नारायणी नदीमा आइतबार नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६ शरणपुर घर भई बाह्रघरेस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत १३÷१४ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्री छन् ।

बेपत्ता दुवै जनाको शव सशस्त्र प्रहरीको टोलीले फेला पारेको थियो । अन्दाजी १३÷१४ वर्षका दुई जना किशोर डुबी बेपत्ता भएको भनी वडा प्रहरी कार्यालयबाट नं १७ गण चितवनमा खबर प्राप्त हुनासाथै सो गणबाट गोताखोरसहित विपद् व्यवस्थापन टोली खोजीकार्यका लागि खटिएको थियो । खोज गर्ने क्रममा सशस्त्र प्रहरीले घटनास्थलको २० फिट गहिराईबाट दुवै जनाको शव बाहिर निकालेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेद्वारा सचिवालय बैठक आह्वान