काठमाडौं । प्रहरीले यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले ‘सेवाग्राहीलाई हैरानी, दुःख दिने गरेको’ भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता गौतम मिश्रले फास्ट ट्र्याकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरिएको बताए ।पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान थालिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)






