एमाले संसदीय दलको नेतामा बादल


काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि भएको संसदीय दलको नेतामा माओवादी पृष्ठभूमिका बादल चयन भएका हुन् । समानुपातिक सांसद निर्वाचित उनी एमालेका उपाध्यक्ष पनि हुन् ।

संसदीय दलको नेतामा युवा नेता एवं इलाम क्षेत्र नं २ बाट निर्वाचित सुहाङ नेम्वाङले दाबी गरेका थिए । तर उनको पक्षमा प्रस्ताव र समर्थक नै नभेटिएपछि बादल सर्वसम्मत भएका हुन् । एमाले नेताहरुले भने सुहाङलाई समर्थन गर्नुपर्ने भन्दै अडान कायम राख्दै आइरहेका थिए ।

बादल १० वर्षे सशस्त्र माओवादी द्वन्द्वमा सक्रियतापूर्वक लागेका नेता हुन् । उनी २०७७ सालमा नेकपा विभाजनपछि आङ्खनो पुरानो लिगेसी माओवादी छाडेर एमालेतिर लागेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम