बैतडीमा क्वारेन्टाइनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दै

बैतडी । बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा लकडाउन खुकुलो हुँदा भारतमा रोजगारी गर्न गएका नेपाली नागरिक धामाधम फर्किन थालेका हुन् । सीमामा अलपत्र पर्न थालेपछि नेपाल र भारत सरकारको समन्वयमा नागरिकलाई स्वदेश भित्र्याईन लागिएको छ ।

बैतडीमा हाल ४ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा बसेको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले बताए । जिल्लामा हाल ४ हजार ६सय २६ जना क्वारेन्टाइनमा बसेको उनले बताए । जसमा सबैभन्दा बढी शिवनाथ गाउँपालिकामा ९११ जना क्वारेन्टाइनमा बसिरहेका छन् । यस्तै मेलौली नगरपालिकामा ७३२, पञ्चेश्वर गाउँपालिकामा ७१६, पाटन नगरपालिकामा ४५२, दोगडाकेदार गाउँपालिकामा ३८४, पुर्चौडी नगरपालिकामा ३२८, दशरथचन्द नगरपालिकामा ३३५, सुर्नया गाउँपालिकामा ३३९, सिगास गाउँपालिकामा २९३ र डिलाशैनी गाउँपालिकामा १३६ जना क्वारेन्टाइनमा बसेका छन् ।

उनीहरुलाई बैतडीको झुलाघाट सहित सुदूरपश्चिमका विभिन्न नाकाबाट उद्धार गरी ल्याइएको हो । १४ दिन अनिवार्य क्वारेन्टाइनमा बसेपछि उनीहरुको कोरोना परिक्षण हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । भारतबाट आएका बैतडीका ५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । उनीहरुमध्ये १ जनाको जिल्ला अस्पतालको आइसोलेसन र बाँकी ४ जनाको सेती प्रादेशिक अस्पताल धनगडिको आइसोलेसनमा उपचार भइरहेको छ ।

बैतडीमा धेरै ब्यक्तिहरु क्वारेन्टाइनमा बसेकाले केहि ठाउँमा ब्यवस्थापन गर्न समस्या भएको कोभिड १९ सम्र्पक ब्यक्ति भुवन जोसीले बताउनुभयो । क्वारेन्टाइन बसेका ब्यक्तिहरु मिठो मसिनो खानेकुरा पाउनुपर्ने माग गरिरहेको दशरथचन्द नगरपालिका वडा न. ७ का वडाअध्यक्ष चक्रप्रशाद सर्माले बताए । उनले आफ्नो वडामा क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु महंगो चामल खुवाउन माग गरिरहेकोले ब्यवस्था गर्न समस्या भएको बताए ।

तर जिल्लाको पञ्चेस्वरमा गाउँपालिका –४ स्थित केदार आधारभूत बिद्यालयमा बसेका ३४ जनाले आफुहरुबाटै एक ब्यवस्थापन समिति गठन गरी बिद्यालय सरसफाइलगायतका कामहरु गरिरहेको क्वारेन्टाइनमा बसिरहेका नरेन्द्र चन्दले बताए । उनले केहि ब्यक्ति त्रिपालमुनि समेत क्वारेन्टाइनमा बसिरहेको बताए । बिद्यालयमा क्वारेन्टाइन बनाइएको भएपनि.बिद्यालय टाढा हुँदा त्रिपाल मुनी बसेको चन्दले बताए । आफुहरु अरुकेहि ब्यवस्था नभए ओढारमै समेत बसौँला भनेर आएकाले यत्तिको सुबिधा पाएकोमा सन्तुष्ट रहेको चन्दले बताए ।
क्वारेटाइनमा बसेकाहरुले भने केहिदिन दुख सहनुपरेपनि आफु बच्न र गाउँलाई बचाउन क्वारेन्टाइनमा बसिरहेको बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा अनुशासन आयोगको प्रमुखमा पौडेल