वैद्यनाथ बाहिनीको स्थापना दिवसमा विपद् सामग्री प्रदर्शनी, ३५४ जनाले गरे आज अवलोकन


धनगढी । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले आफ्नो २५औं स्थापना दिवस सप्ताह मनाउने क्रममा वृहत् २ दिवसीय विपद व्यवस्थापन सामाग्री प्रदर्शनी आयोजना गरेको छ ।

यही चैत २२ हुने स्थापना दिवसको अवसरमा स्थापना सप्ताह मनाउने कार्यक्रमअनुसार १८ र १९ गते विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष कर्मचारीहरूको प्रत्यक्ष सहभागितामा विपद् व्यवस्थापनसम्बन्धी सामाग्रीहरूको प्रदर्शनी गरिरहेको छ । प्रदर्शनीको पसिहलो दिजन ३५४ जनाले सहभागिता जनाएका छन् ।

विभिन्न छुट्टाछुट्टै स्टल तयार गरी प्रदर्शनी गरिएको सो बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले जानकारी दिए । प्रदर्शनीमा जलउत्पन्न प्रकोप व्यवस्थापन सामाग्री (water rescue), गोताखोर (Deep Diving), अग्नि नियन्त्रण (Fire fighting), डोरीबाट गरिने उद्धार (Rope rescue), भत्केका संरचनामा गरिने खोज तथा उद्धार (CSSR), सञ्चार मिलाप र मेडिकल उपचारसम्बन्धी विभिन्न परम्परागत तथा आधुनिक उपकरणहरू प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त Mass casualty evacuation ambulance bus समेत राखिएको थियो । सो एम्बुलेन्स बसमा भ्ऋन् सहितका आधुनिक मेडिकल उपकरणहरू जडान रहेका र सो एम्बुलेन्स बस दक्ष डाक्टरसहितको टोली चौबीसै घण्टा स्टेण्डबाई रहने र जसका लागि सेती प्रादेशिक अस्पतालसँग आवश्यक समन्वय रहेको ब्यहोरासमेत निमित्त बाहिनीपति सुवेदीले गराए ।

हाल नं. ७ वैद्यनाथ बाहिनीमा सुदूरपश्चिम प्रदेश हेर्नेगरी ११ जना दक्ष गोताखोर टोली पनि चौबीसै घण्टा स्टेण्डबाई रहेको छन् । वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले उद्घाटन गरेको सो प्रदर्शनीमा सैनिक आवासीय महाविद्यालय तेघरी (कैलाली), दुर्गालक्ष्मी मावि अत्तरिया (कैलाली), होलिल्याण्ड इंगलिस बोर्डिङ स्कुल अत्तरिया, जनकल्याण स्कुल अत्तरिया, पत्रकारहरू, CYC क्लब अत्तरियाका सदस्यहरू, स्थानीय जनताले प्रदर्शनीको अवलोकन गरी विपद् व्यवस्थापन तथा उपकरणसम्बन्धी जानकारी लिएका थिए ।

प्रदर्शनीमा आएका शिक्षक लीला बास्कोटाका अनुसार यो चेतनामूलक प्रदर्शनीले विद्यार्थीहरुमा साहस एवं सचेतना बढाउने, विपद्को अवस्थामा कसरी सुरक्षित तथा सतर्क रहने भन्ने विषयको सैद्धान्तिक एवं व्यवहारिक ज्ञानको वृद्धि हुनेछ ।

गृहमन्त्री सुधन गुरुङले मंगलबार मात्रै सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा विद्यालयको पाठ्यक्रममा नै विपद् व्यवस्थापनसम्बन्धी विषयवस्तु राखिने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित