आजदेखि एक लिटर पेट्रोलको २०२ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि गरेको छ । जसअनुसार अब एक लिटर पेट्रोल किन्नै २ सय रुपैयाँभन्दा बढी तिर्नु पर्ने भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

योसँगै काठमाडौंमा अब पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगेको छ भने भिने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा र डिजेलमा १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ ।
पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक (१५ दिनमा) रूपमा अझै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय, तर जाने छैनन् तत्काल जेल