मुस्ताङको मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात

जोमसोम(मुस्ताङ),२२ चैतः उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ गाउँ र त्यस आसपासका क्षेत्रमा भएको भारी हिमपात । गत शुक्रबार पानी परेपछि उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, लोमान्थाङ गाउँ र कोरोला बोर्डरमा भारी हिमपात भएको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस

काठमाडौं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात भएको छ। मुक्तिनाथको बसपार्क क्षेत्र यतिबेला हिमपातले सेताम्मे भएको छ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथस्थित रानीपौवा बसपार्क हिमपातले सेताम्मे बनेको हो।

हिउँले मुक्तिनाथ क्षेत्रअन्तर्गत रानीपौव बजार, झारकोट र बसपार्क क्षेत्र सेताम्मे बनेको छ। गएराति मुस्ताङ र मनाङका धेरै ठाउँमा हिउँ परेको छ। हिमपातको कारण जाडो बढेको स्थानीयले बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती