फिनोस मार्फत स्मार्टच्वाइस र सिटीटेकबीच रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा.लि.बीच डिजिटल भुक्तानी सेवाको विस्तारका लागि रणनीतिक साझेदारी भएको छ।

सम्झौतापछि सिटीटेकका फिनपोस हार्डवेयरमा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुनेछ। यस प्रणालीबाट भिसा, युनियनपे, नेपालपे लगायत विभिन्न कार्ड तथा स्मार्ट क्यूआरमार्फत डाइनामिक क्यूआर भुक्तानी समेत गर्न सकिनेछ ।

यस सहकार्यले बैंक, वित्तीय संस्था तथा व्यापारीहरूका लागि आधुनिक, सहज र विस्तारयोग्य पोस उपकरण उपलब्ध गराउने लक्ष्य राखिएको छ। पोस अक्वायरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले छुट्टाछुट्टै कार्ड सदस्यता, प्रविधिमा लगानी र सुरक्षा प्रमाणीकरणको झन्झट बिना सेवा लिन सक्ने बताइएको छ।

एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ। दुई दशकदेखि सुरक्षित, सरल र भरपर्दो डिजिटल भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो स्वदेशी कार्ड प्रणाली हो ।

एससीटीले कार्ड सेवासँगै स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी अन्तरबैंक भुक्तानी तथा स्मार्ट बैंकिङ मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स