राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

‘राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट (डोटी) लाई नियुक्त गर्ने निर्णय,’ बैठकपछि बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भनिन् ।

भट्ट यसअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका थिए । उनले गभर्नर बन्ने तयारीका साथ गत बैशाखमा पदबाट राजीनामा दिएका थिए । तर गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका थिए । तत्कालीन कायममुकायम गभर्नर निलम ढुंगानाले उनको राजीनामा अस्वीकार गरेपछि गभर्नर बन्ने उनको सपना खेर गएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा