बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो ।

शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिए । शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ ।

राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए । आज बिहान ९ बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताए ।

अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको उनको भनाइ छ । प्रहरी निरीक्षक बोहराले भने, ‘नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो, पछ्यौरा, कोदालोसहितका केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ ।’

शाहीको शव परीक्षणका लागि बुर्तीवाङ प्रादेशिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक बोहराले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस विवाद मुद्दामा सकियो बहस, आदेश आजै आउने