धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको संगम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका–३ मा पर्ने स्याउले पुगेपछि महसुस हुन्छ, पर्यटन भनेको घुमफिर मात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध पनि हो ।
यस्तै सन्दर्भलाई उजागर गर्दै आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ सामुदायिक होमस्टे’ नयाँ पहिचान बन्दै उभिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आकर्षणसँगै होमस्टे केवल बसोबासको स्थानमा सीमित नरही समुदायको आत्मगौरव, अतिथि सत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त अनुभव दिने केन्द्रका रूपमा विकास हुँदै गएको हो ।
सीमान्तकृत आठपहरिया समुदायको धनकुटा नगरपालिका क्षेत्रमा मात्रै मुख्य बसोबास रहेको छ । धनकुटा नगरपालिकाको भूमिपुत्र भन्न रुचाउने आठपहरिया समुदायको चाडपर्व मान्न तथा पितृकार्य गर्न धनकुटा नगरपालिकाको क्षेत्रमा भेला भएर सामूहिकरूपमा मनाउनु पर्ने चलन रहेको छ । कुनै बेला आठपहरिया समुदायमा अरुण र तमोर नदी कटेर जान हुन्न भन्ने मान्यता रहेको थियो । अहिले भने बिस्तारै रोजगारीको सिलसिलामा बाहिर जान थालेका छन् ।
यी र यस्तै कारणले एक समय ओझेलमा परेको यो समुदाय अहिले आङ्खनै संस्कृति र परम्परालाई आधार बनाएर पर्यटनको माध्यमबाट पुनर्जागृत हुँदैछन् । पाहुनालाई स्वागत गर्ने शैलीदेखि खानपान, रहनसहन र मनोरञ्जनसम्म सबैमा मौलिकताको झल्को पाइन्छ । आगन्तुकहरूलाई रातो टीका र फूलको मालाले स्वागत गरिन्छ, जसले नेपाली आतिथ्य संस्कारको आत्मीयता झल्काउँछ । यस्तै होमस्टेले लोपोन्मुख आठपहरिया समुदायको सांस्कृतिक धरोहरलाई पर्यटनसँग प्रभावकारी रूपमा जोडेको छ ।
यहाँ आउने पर्यटकलाई मौलिक तथा स्थानीय परिकारको स्वाद चखाउने मात्र होइन, समुदायको जीवनशैली, परम्परा र संस्कृतिको प्रत्यक्ष अनुभव गराइन्छ । आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे केवल बस्ने ठाउँ मात्रै होइन, जीवित संग्रहालय जस्तै बन्दै गएको छ, जहाँ प्रत्येक गतिविधिमा संस्कृति बोल्छ वा संस्कृतिको झल्को आउने गरेको छ ।
होमस्टेमा आउने पर्यटकले स्थानीय परिकारको स्वाद लिन पाउँछन् । जसमा गाउँघरमै उत्पादन भएका अग्र्यानिक सामग्रीको प्रयोग गरिन्छ । परम्परागत भान्साको बास्नाले आगन्तुक वा पाहुनालाई गाउँले जीवनसँग नजिक बनाउने गरेको छ ।
त्यति मात्र होइन, यहाँको अनुभव प्रकृतिसँग पनि गाँसिएको छ । सिजनअनुसार सुन्तला बगैँचामा गएर फल टिप्ने, मौरीपालन’bout जानकारी लिने, स्थानीय बीउबिजन’bout बुझ्ने अवसरले पर्यटकलाई नयाँ अनुभूति दिन्छ । साँझपख हुने सांस्कृतिक कार्यक्रमहरू ढोल नाच, लोकगीत र परम्परागत नृत्यले वातावरणलाई अझ जीवन्त बनाउँछ ।
होमस्टेका अध्यक्ष हीराबहादुर आठपहरियाका अनुसार यहाँ एकैपटक करिब १७ जना पाहुनालाई सेवा दिन सकिन्छ । तर, उनीहरूको प्राथमिकता संख्या बढाउनु नभई गुणस्तरीय अनुभव दिनु हो । ‘हामी पर्यटकलाई केवल सेवा मात्र होइन, हाम्रो पहिचान पनि दिन चाहन्छौँ,’ उनी भन्छन् ।
पर्यटकलाई आठपहरिया समुदायको इतिहास, संस्कार र जीवनशैली’bout जानकारी दिइनुका साथै कृषि, संस्कृति र प्रकृतिसँग नजिकबाट परिचित गराइन्छ । अध्यक्ष आठपहरियाका अनुसार आधुनिकताको प्रभावले नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति आकर्षण घट्दै गए पनि होमस्टे सञ्चालनमार्फत ती कला–संस्कृतिको संरक्षणमा समुदाय सक्रियरूपमा लागिरहेको छ ।
आधुनिकताको तीव्र प्रभावले धेरै परम्परागत कला र संस्कृतिहरू लोप हुँदै गएको अवस्थामा आठपहरिया समुदाय भने त्यसलाई जोगाउने अभियानमा जुटेका छन् । नयाँ पुस्तालाई आङ्खनै परम्परा चिनाउने र त्यसप्रति गर्व गर्ने वातावरण सिर्जना गर्न होमस्टे महत्वपूर्ण माध्यम बनेको छ ।
२०७८ सालको जनगणनाअनुसार आठपहरिया समुदायको जनसंख्या ५ हजार ८ सय ७८ रहेको छ । धनकुटा नगरपालिकालाई आठपहरिया समुदायको उद्गमस्थल मानिन्छ । होमस्टेमार्फत उनीहरूले आङ्खनो भाषा, गीत, नृत्य र संस्कारलाई जीवित राख्दै आएका छन् । आठपहरियाको होमस्टे निर्माणमा विभिन्न संघसंस्थाको साथ पनि उल्लेखनीय रहेको छ ।
होमस्टे स्थापना गर्न इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) ले स्थापना र व्यवस्थापनमा सहयोग पु¥याएका छन् । त्यसैगरी नेपाल पर्यटन बोर्ड र युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्रामको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले क्षमता अभिवृद्धि र प्रवर्धनमा टेवा दिएको छ । स्थानीय युवाहरू अहिले पर्यटन व्यवस्थापन, गाइडिङ र पाहुना सेवामा दक्ष बन्दै गएका छन् । यसले उनीहरूलाई गाउँमै रोजगारीको अवसर प्रदान गरेको छ भने वैदेशिक रोजगारीप्रति निर्भरता पनि घटाउँदै लगेको छ ।
सम्बन्धित समाचार
बुङालुङ पार्कमा बहुसांस्कृतिक संग्राहलय
युवा प्रवर्द्धनका लागि ‘उदय परियोजना’ सुरु
किसानलाई माटो परीक्षण गर्न आह्वान
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात
रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन
गएरातिको हावाहरीले झापामा घरको छाना उडायो
व्यक्तिका योजना कार्यान्वयन गर्न विनियोजन ऐन संशोधन
इटहरीमा दमकल अभावबीच क्याफेमा आगलागी : एक घण्टापछि नियन्त्रण






