कक्षा ८ को नतिजा : रेसुङ्गाका १९ विद्यालयको नतिजा शतप्रतिशत

गुल्मी । रेसुङ्गा नगरपालिकाका १९ विद्यालयले कक्षा ८ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । नगरपालिकाले बुधबार सार्वजनिक गरेको नजिताअनुसार सरकारी विद्यालयतर्फ घोर्ले मावि, भगवती मावि, उपल्लो तम्घास मावि, बुद्ध मावि, राङबास मावि, जनविकास मावि, त्रिभुवन मावि, रेसुङ्गा मावि भाडगाउँ मावि, साउनेथुम आधारभूत विद्यालय, सेउघा आधारभूत विद्यालय एवं रानिपोखरी आधारभूत विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् ।

त्यस्तै निजी विद्यालयतर्फ अर्जुन, गण्डकी, आदर्श, ब्राइटर, ब्रिलियन्ट र लिटिलस्टार इङ्गिस बोडिङ स्कूल एवं रिडर्स पब्लिक हाई स्कूलले शत प्रतिशत विद्यार्थी उत्र्तीण गराएका छन् । महेन्द्र माविका ९० मध्ये ८८, सिद्धबाबा माविका ८७ मध्ये ८५ तथा जनसहयोग माविका ३४ मध्ये ३३ विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाका शिक्षा अधिकृत पिताम्बर पन्थीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान