इटहरीमा प्रविधियुक्त कस्मेटिक, छाला तथा यौन रोग अस्पताल सञ्चालनमा

इटहरी । कोशी प्रदेशमै पहिलो पटक अत्याधुनिक प्रविधिसहितको कस्मेटिक, छाला तथा यौन रोग उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्पेशल एस्थेटिक अस्पताल सञ्चालनमा आएको छ। २०८१ मंसिरमा स्थापना भएको उक्त अस्पताल २०८२ मंसिर १ गतेदेखि औपचारिक रूपमा सेवा प्रवाहमा आएको हो। अस्पताल इटहरी उपमहानगरपालिका–९, बसपार्कको उत्तरतर्फ अवस्थित रहेको छ।

अस्पतालले छाला, सौन्दर्य तथा यौन स्वास्थ्यसम्बन्धी समस्याको विश्वस्तरीय प्रविधिबाट निदान र उपचार गर्ने लक्ष्य लिएको जनाएको छ। यहाँ छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञद्वारा सेवा प्रदान गरिनुका साथै आधुनिक उपकरणमार्फत विभिन्न रोगको प्रभावकारी उपचार गरिने व्यवस्था गरिएको छ।

अस्पतालमा स्थायी कपाल हटाउने (लेजर हेयर रिमुभल), कपाल रोपण तथा कपाल उमार्ने उपचार, डन्डीफोर, दाग, खत, चाया, पोतो, तिल तथा मुसा हटाउने सेवा उपलब्ध छन्। त्यस्तै, ट्याटु हटाउने, जलन वा शल्यक्रियापछि बनेका दागको उपचार, छाला टाइट गर्ने, चाउरीपन घटाउने तथा फेस लिफ्टिङ, मेडिकल हाइड्रा फेशियल र केमिकल पिलजस्ता सेवा पनि प्रदान गरिनेछ।

यसैगरी GFC, PRP, Exosome, PDRN तथा Botox जस्ता आधुनिक उपचार प्रविधिसमेत अस्पतालमा उपलब्ध रहेको छ। जलनपछिको पुनर्निर्माण तथा प्लास्टिक सर्जरी सेवा पनि सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

अस्पतालमा विश्वस्तरीय अत्याधुनिक उपकरणहरू जडान गरिएका छन्। जसअन्तर्गत Candela GentleMax Pro (अमेरिकन डुअल लेजर प्रविधि), HIFU Ultrameter III, Q-Switched Laser, CO₂ Fractional Laser, Dermatoscope तथा Advanced Skin Analyzer रहेका छन्। यी उपकरणहरूले छालासम्बन्धी समस्या पहिचानदेखि उपचारसम्म प्रभावकारी भूमिका खेल्ने जनाइएको छ।

त्यसैगरी अस्पतालमा आधुनिक ‘सुपर ल्याब’ मार्फत रगत, पिसाब, हर्मोन तथा संक्रमणसम्बन्धी परीक्षण छिटो र विश्वसनीय रूपमा गरिनेछ भने अस्पतालभित्रै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ।

अस्पतालमा दक्ष तथा अनुभवी विशेषज्ञ टोली कार्यरत रहेको छ। जसमा डर्माटोलोजिस्ट, प्लास्टिक सर्जन, फिजिसियन, मेडिकल अफिसर, यूएसए एनसीएलसी सर्टिफाइड एस्थेटिक एक्सपर्ट, १० वर्ष अन्तर्राष्ट्रिय अनुभव भएका कसमेटोलोजिस्ट तथा लेजर टेक्निसियन, एस्थेटिक नर्स, फार्मासिस्ट र प्याथोलोजिस्ट समावेश छन्।

अत्याधुनिक प्रविधि, अनुभवी जनशक्ति र विश्वसनीय सेवासहित अब कोशी प्रदेशमै छाला, सौन्दर्य तथा यौन स्वास्थ्य उपचारका लागि सहज र गुणस्तरीय सेवा उपलब्ध हुने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

समस्या सुन्दै, समाधानको पहल गर्दै घरदैलोमा सासंद आचार्य