प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको अभियोगमा पाँचथरमा एक युट्युवर पक्राउ परेका छन् । Hades नामक युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको भन्दै रोशन पोखरेल पक्राउ परेका हुन् ।

फाल्गुनन्द गाँउपालिका-७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले रोशनलाई पक्राउन गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

पोखरेलले शाह प्रधानमन्त्री हुनुअघि आफ्नो च्यानलमा पोष्ट गरेको भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन् । उनले पुराना नेता सबै चोर हो भनेर पनि प्रधानन्त्री बन्न रवि लामिछानेको पछि लागेको टिप्पणी गरेका छन् ।

उक्त भिडिओ अझै उनको च्यानलमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान