एमालेबाट निर्वाचित मेयर साह आजपा प्रवेश

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साह सहित वडा न– ४ को अध्यक्ष रामप्रवेश पटेल, वडा न–९ को वडा अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरु आजपामा प्रवेश गरेका छन् ।

आजप अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराउदै स्वागत गरेका छन् । विभिन्न गाउँघरमा भेटघाट गर्दै मुलुक, जनता सहित स्थानीयको समस्या लगायत विभिन्न बिषयमा छलफल गर्दै अगाडी बढिरहेका आजपा अध्यक्ष साहले आज देवाहिगोनाहीमा भेटघाट गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने