स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ

रूपन्देही । कपिलवस्तु नगरपालिका– १ को व्यस्त चोकबजार क्षेत्रबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।

अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले विशेष निगरानी बढाएका बेला सोमबार गरिएको अपरेसनमा मायादेवी गाउँपालिका– ८, बरकुलका २१ वर्षीय अभिषेक गुप्तालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकललाई पछ्याएको थियो । प्रहरीको निगरानी देखेपछि मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका गुप्तालाई महेन्द्रगेटनजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

खोजतलासीका क्रममा मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय दरका २८ गड्डी भारतीय रुपैयाँ बरामद गरिएको

कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जनाएका छन् । मोटरसाइकलको सिटमुनि र डिक्कीमा अत्यन्त गोप्य तरिकाले लुकाएर राखिएको १४ लाख भारतीय रुपैयाँ फेला परेको र स्रोत नखुलेको रकम भएकाले यस विषयमा थप अनुसन्धान भइरहेको उनले जनाएका छन् ।

सिंहका अनुसार पक्राउ परेका गुप्ता बर्रोहियास्थित न्यु गुप्ता पेट्रोल पम्पका सञ्चालकसमेत हुन्। हाल गुप्तालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?