अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधि पाँचखपनले जित्यो

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका—४ स्थित मत्स्यपोखरीमा जारी अन्तरपालिका पुरुष भलिबल तथा महिला प्रतियोगिता सम्पन्न भएको छ । चिचिला गाउँपालिका—४ स्थित मत्स्यपोखरीमा सम्पन्न अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

नयाँ बर्ष २०८३ को अवसरमा चिचिला गाउँपालिका—४ स्थित मत्स्यपोखरीमा आज भएको फाइनल खेलमा अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधी पाँचखपन नगरपालिकाले जितेको छ । चिचिला गाउँपालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन गर्ने उद्देश्य सहित खुल्ला अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

मंगलबार भएको फाइनल खेलमा संखुवासभाको मकालु गाउँपालिकालाई हराउँदै पाँचखपन नगरपालिकाले उपाधि जितेको हो । पाँचखपनले २५—१९,२५—२१,२५—१७ अङ्क प्राप्त गरेको छ । भने मकालुले २५—१७ अङ्क प्राप्त गरेको थियो । पाँचखपनले एक सेटका विरुद्ध तीन सेटको अन्तर मकालु गाउँपालिकालाई पराजित गरेको हो ।

मकालु गाउँपालिकाले एक सेट जित्दै उपविजेतामा नै चित्त बुझायो । त्यस्तैगरी आयोजक चिचिला गाउँपालिका ए टिम र सभापोखरी गाउँपालिका सेमिफाईनलिष्ट भएका छन् ।

पुरुष भलिबल तर्फको विजेता पाँचखपनले नगद १ लाख ५५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता मकालुले नगद ७५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्राप्त गरेको छ । त्यस्तैरी सेमिफाईनलिष्ट आयोजक चिचिला ए र सभापोखरीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गरेको चिचिला गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष आशिष गुरुङले बताए ।

अन्तरपालिका महिला भलिवल प्रतियोगिताको उपाधी भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ । मंगलबार भएको फाइनल खेलमा भोजपुरकै साल्पा सिलिछो गाउँपालिकालाई पराजित गर्दै आमचोकले उपाधी जितेको छ । प्रतियोगिताको विजयी टिम आमचोकले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्राप्त गरेको छ । भने उपविजेता साल्पा सिलिछोले नगद ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र सहित प्राप्त गरेको छ ।

सेमिफाईनलिष्ट सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिकाले नगद १५–१५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । चैत २६ गते सुरु भएको भलिबल प्रतियोगितामा पुरुष तर्फ भोजपुर र संखुवासभाका ५ वटा पालिका र महिला भलिवल तर्फ ७ वटा पालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ