पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएपछि विद्युतीय सवारीमा लगानी

गुल्मी । पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएसँगै गुल्मीका युवाहरुले विद्युतीय सवारीमा लगानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरका १५ जना युवाहरुले विद्युतीय सवारीमा दुई करोड लगानी गरेका हुन् । उनीहरुले सिमिचौरदेखि बुटबल र भैरहवासम्मका यात्रुलाई सेवा दिनेगरी तीनओटा विद्युतीय सवारी खरिद गरेका छ् ।

गुल्मी यातायात प्रालिअन्तरगत रहेर उनीहरुले सेवा सुरु गरेका हुन् । एउटा गाडी बिहान छ बजे तम्घासबाट छुटेर ११ बजेट बुटबल पुग्ने र दिउँसो २ बजे बुटबलबाट पुन तम्घास फर्कनेछ । त्यसैगरी अर्को गाडी बिहान छ बजे बुटबलबाट छुटेर ११ बजे तम्घास आउने र २ बजे पुन तम्घासबाट बुटबल फर्किनेछ । एउटा गाडी भने रिर्जवको लागि प्रयोग हुने संचालक गुनाखर पाण्डेले जानकारी दिए ।

विद्युतीय गाडीमा फ्रि वाइफाई, जिपिएस् प्रणाली लगायतका सुविधा रहने पाण्डेले बताए । उनीहरुको समुहले सिमिचौरमा होटल व्यवसाय, बाँदर र बँदेलले नोक्सानी नगर्ने बाली लगाउने लगायतका योजनाहरु पनि बनाएको पाण्डेले बताए ।

भित्रिएका गाडीहरुको सोमबार उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सिमिचौरदेखि देउरालीसम्म पक्की सडक, सालझण्डी ढोरपाटन सडक, मदन भण्डारी राजमार्ग लगायतका सडकले सिंगो गुल्मीलाई जोडेकोले सवारीमा लगानीको वातावरण बन्दै गएको बताए । पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भाडा महङ्गो हुने हुँदा त्यसलाई पनि विद्युतीय सवारीले न्यूनिकरण गर्ने मेयर पन्थीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान