चट्याङ लागेर २ जनाको मृत्यु

जनकपुरधाम । चट्याङ लागेर धनुषा र महोत्तरीमा गरी दुई जनाको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको चट्याङ लागेर आज बिहान ९ बजेतिर मृत्यु भएको छ ।

घाँस ल्याउन जंगल गएको बेला मेघगर्जनसंगै परेको चट्याङ लागेरर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । यस्तै भैँसी चराउन गोठाले गएको बेला महोत्तरीको महोत्तरी गाउँपालिका१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको छ ।

आज बिहानै भैँसी चराउन गाउँ नजिकै चौरमा गएको बेला चट्याङ लागेर यादवको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याककृष्ण अधिकारीले जानकारी दिएका छन् । वर्षातका बेला चट्यांगले प्रदेशमा प्रत्येक वर्ष दर्जनो व्यक्तिको मृत्यु हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख