अमेरिकी सहायक विदेशी समीर पल कपुर नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशी समीर पल कपुरले नेपाल भ्रमण गर्ने भएका छन्। बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका उनी अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।

नेपाल भ्रमणको लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्किन लागेका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौं आउने गर्थे।

सहायक विदेशमन्त्री पल अमेरिकाबाट उड्नेछन् इस्तानबुल ट्रान्जिट भएर सिधै काठमाडौं अवतरण गर्नेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमबार आएर बुधबार फर्किने तालिकामा काम भइरहेको छ।

काठमाडौं रहँदा उनले बालेन सरकारको आर्थिक प्राथमिकता ’bout अर्थमन्त्री डा।स्वर्णिम वाग्लेसँग छलफल गर्नेछन्। मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको छिटो कार्यान्वयनमा अमेरिकी चासो रहँदै आएको छ। काठमाडौं रहँदा सहायक विदेशमन्त्री कपुरले को कोसँग भेट्नेछन्, कुन समय र कुन विषयमा वार्ता गर्नेछन् भन्ने’bout कार्यसूची बनाउन काम भइरहेको मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई हटाएका थिए।

उनको ठाउँमा सुरक्षा मामिला विज्ञ कपुरलाई नियुक्त गरेका थिए। भारतको नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एशिया मामिलाको धरातलीय यथार्थ राम्रोसँग बुझ्ने, विश्लेषण गर्ने क्षमता राख्छन्। ट्रम्पले विदेश मन्त्रालयमा नियुक्त गर्नुअघि उनी अमेरिकी सेनाको नेभी पोष्ट ग्राजुएट स्कूलमा प्रोफेसर थिए। अमेरिकी सेनाको प्रभावकारी सञ्चालन, प्राविधिक नेतृत्व र युद्ध कौशलका विषयमा उनले अध्यापन गराउँथे।

नेपालमा नयाँ सरकार गठनपछि बरिष्ठ अमेरिकी अधिकारी सिधा काठमाडौं आउनुले वासिङ्गटन डिसीको प्राथमिकतामा नेपाल रहेको संकेत गर्छ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

असनमा आजदेखि हरेक शनिबार सवारी निषेध