इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले टस जितेको छ।

रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ। नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोली पहिलो पटक आमनेसामने छन्। प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो। नेपाल शनिबार पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो।

त्यस्तै, प्रतियोगितामा इटाली लगातार दोस्रो जितको खोजीमा छ । इटलीले पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ