काठमाडौं । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको बजेट सहयोगमा काठमाडौं समर्पण फाउन्डेसनद्वारा आयोजित ह्विलचियर बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा महिला र पुरुष गरी जम्मा ९ वटा टिमहरूको सहभागिता रहेको थियो। महिला तर्फ SCINN टिम प्रथम स्थान हासिल गर्न सफल भएको छ भने WSA दोस्रो र JWSC तेस्रो स्थानमा रहे। त्यसैगरी पुरुषतर्फ नेपाल आर्मीले उपाधि जित्दै प्रथम स्थान हासिल गरेको छ भने SCINN दोस्रो र APF तेस्रो स्थानमा सीमित भए।
आयोजकले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई बधाई तथा धन्यवाद व्यक्त गरेको छ। साथै प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेफ्री टिम, टिम कोच, म्यानेजर, स्वयंसेवक तथा मेडिकल टिमलगायत सबैप्रति आभार प्रकट गरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)






