रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले महिला फुटबल खेलाडीहरुले चन्द्रनिगाहपुरको पहिचान बनाएको बताएका छन । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चन्द्रपुर नगर स्तरीय किशोरी फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाइ पुरस्कार बितरण गर्नुहुदै नगर प्रमुख काफ्लेले यस्तो बताएका हुन ।
गत बुधबारदेखि “हाम्रो गोल, लैङ्गिक हिंसा विरुद्ध बोल” भन्ने सशक्त नारासहित शुरु भएको चन्द्रपुर नगर स्तरीय किशोरी फुटबल मेयर कप–२०८३ प्रतियोगिता आज सोमबार सम्पन्न भएको थियो । समापन कार्यक्रममा नगर प्रमुख काफ्लेले रौतहटको चन्द्रनिगाहपुर महिला फुटबल खेलाडी उत्पादन गर्ने उर्बर भुमी भएको समेत बताएका छन ।
यहाँका उत्पादन भएका महिला खेलाडी अहिले हरेक राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको खेलहरुमा सहभागिता जनाउदै आएको नगर प्रमुख काफ्लेलेको भनाइ थियो । महिला फुटबलहरु खेलाडीहरुको बिकाशको लागी नगरपालिकाले पटकपटक सहयोग गदै आइरहेको र आउने दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्ता किसिमको प्रतियोगिताले लैंगिक तथा महिला हिंसा न्युनिकरणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको धारणा थियो । सोही कार्यक्रममा आयोजक संस्था ग्रामिण बिकाश केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले किशोरीहरूको क्षमता विकास, नेतृत्व दक्षता तथा सामाजिक सशक्तीकरणमा यस्ता प्रतियोगिताले महत्वपूर्ण टेवा पुग्ने बताएका छन ।
खेलको माध्यमबाट लैगिंक हिंसा न्युनिकरण गर्न सकिने समेत अध्यक्ष हुसेनको भनाइ थियो । कार्यक्रममा मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले महिला फुटबल खेलाडीहरुको दक्षता बृद्धि गर्नको लागी सबै तहतप्काबाट सहयोग गर्नुपर्ने बताए ।
आज भएको फाइनल खेलमा चन्द्रपुर वार्ड नंं ५ को टिम बिजयी भएको छ । वार्ड नंं ४ को टिमलाई ट्राइबेकरमा हराउदै वार्ड नं.५ बिजयी भएको हो । बिजेताहरुलाई आयोजक संस्थाका अध्यक्ष पारस हुसेन र नगर प्रमुख संजय कुमार काफ्लेले ट्रफि तथा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा चन्द्रपुर वार्ड नं. ४ का वार्डं अध्यक्ष रबि राना मगर,वार्ड ५ का वार्ड अध्यक्ष निलहरी कोइराला,वार्ड न ं६ का वार्ड अध्यक्ष सहदेब केसी,शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल,रौतहट फुटबल संघका अध्यक्ष भगबान दर्लांमी,आरडिसी नेपालकी उपाध्यक्ष ममता झा लगायतको सहभागिता रहेको आयोजक संस्था आरडिसी नेपालका कार्यक्रम संयोजक धर्मेन्द्र साहले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिका र आरडिसी नेपालको आयोजना र आरडीएफए, एडीआरए, इस्लामिक रिलिफ नेपाल, आरडीसी नेपाल लगायत संस्थाहरूको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक साहले बताए ।
उक्त प्रतियोगितामा चन्द्रपुर नगरपालिकको ९ वटा वार्डको ९ वटा टिम सहभागिता भएको समेत साहले जानकारी दिए । उक्त संस्थाले रौतहटको राजपुर नगरपालिकामा पनि लैगिंक हिंसा न्युनिकरण र महिला शसक्तिकरणको लागी राजपुर नगर स्तरीय किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न गराएको कार्यक्रम संयोजक साहले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
निमार्ण समाग्रीको मुल्य समायोजन गर्न निमार्ण ब्यवसायी संघ रौतहटको माग
सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो
अवकाशप्राप्त शिक्षिकाद्वारा साइकल र स्टेशनरी वितरण
वीरगन्ज बजार क्षेत्रको सडक विस्तार बिहान साढे चार बजेवाट
रोलिङसँग फिदिम ३–० ले स्तब्ध
गौर हत्याकाण्ड’bout भ्रामक प्रचार नगर्न पीडितको अपिल






