आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि दैलेख स्वास्थ्य सेवा कार्यालय तर्ताङमा निर्माण गरिएको आइसोलेसन कक्ष भरिएको छ ।

आइसोलेसल कक्षको अभावमा कोरोना संक्रमित दुई दिनदेखी क्वारेन्टाईनमा बस्दै आएका छन् । कोरोना पुष्टि भएको दुई दिन वितिसक्दा पनि संक्रमितलाई नारायण क्याम्पसको क्वारेन्टाइनबाट आईसोलेसनमा ल्याइएको छैन । संक्रमित क्वारेन्टाइनमा बस्दा त्यहाँ रहेका २ सय १ जनामा संक्रमण फैलिने खतरा देखिएको छ ।

क्वारेन्टाइनको उचित व्यवस्थापन नहुँदा एउटै कोठामा २० जना जति बस्नु पर्ने बाध्यता रहेको क्वारेन्टाईनमा बस्नेहरु बताउछन् ।

आइसोलेसल कक्षको अभावमा कोरोना संक्रमित दुई दिनदेखी क्वारेन्टाईनमा बस्दै आएका छन् । कोरोना पुष्टि भएको दुई दिन वितिसक्दा पनि संक्रमितलाई नारायण क्याम्पसको क्वारेन्टाइनबाट आईसोलेसनमा ल्याइएको छैन । संक्रमित क्वारेन्टाइनमा बस्दा त्यहाँ रहेका २ सय १ जनामा संक्रमण फैलिने खतरा देखिएको छ

लकडाउन भएको तीन महिना वितिसक्दा पनि सम्बन्धित निकायले दिनहुँ बैठक गर्ने बाहेकका काम गरेका छैनन् । तयार नभएका आईसोलेसन कक्ष र नबनेका क्वारेन्टाइनको कागजी तथ्यांक संकलन गरेर बसेका छन् सम्बन्धित निकायका अधिकारी ।

बेड थप्न नसकेपछि नयाँ संक्रमितलाई आइसोलेशनमा लिन नसकिएको नारायण नगरपालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए । ‘नारायण क्याम्पसको क्वारेन्टिनमा रहेकामध्ये १७ जनालाई संक्रमण पुष्टि भए पनि आईसोलेशनको अभावले क्वारेन्टाईनमा राख्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । त्यही थप १६ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । नारायण नगरपालिकाले नारायण क्याम्पसमा सामाजिक दुरी कायम गरि १०० वटा क्वारेटाईन बनाइएको तथ्यांक दिए पनि अनुगमनमा जाँदा त्यहाँ ५० वेडमा निर्माण गरिएको थियो ।

नारायण नगरपालिकामा बनेका २१ वटा क्वारेन्टाईनमा १ हजार ४ सय २९ जना रहेका छन् । १०५ जनाको क्षमता भएको नारायण माविको क्वारेन्टाईनमा २ सय १९ जना राख्नुपर्ने बाध्यता रहेको नारायण नगरपालिकाका नगरप्रमुख रत्तबहादुर खड्काले जानकारी दिए । ‘अब सामाजिक दुरीलगायतका मापदण्ड त परको कुरा पानीबाट जोगाउन छत पनि दिन नसक्ने भयौं ।’ उनले भने ।

स्वास्थ्य सेवा कार्यालयका दैलेखका जनस्वास्थ्य अधिकृत थिर प्रसाद रेग्मीले व्यवस्थापन गर्न नसक्दा ढिलो भएको स्वीकार गरे । उनले भने, ‘आज नै हामी आईसोलेशनमा संक्रमितलाई ल्याउँछौं ।’

नगरपालिकाले क्वारेन्टाईनका लागि जिल्लाका विद्यालय भवन,वृद्धाश्रम र पार्टी कार्यालयको भवन समेत प्रयोग गरेको छ । जिल्लाका ११ वटै स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा भारतबाट फर्किने अधिकाँश नागरिक त्रिपालमुनि र गहुँको नल विछ्याएर रात काट्न विवस छन् । दैलेख जिल्लामा हालसम्म ९८ जनामा कोरोना पुष्टि भईसकेको छ भने, १ जनाको मृत्यु भईसकेको छ । जिल्लाभर हालसम्म भारतबाट १० हजार ७९ जना दैलेख भित्रिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण