काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।
मंगलबार सर्वोच्च अदालतका माननीय न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो । गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा आदेश दिएको हो ।
गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार मात्रै काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको हो ।
गोल्छालाई सीआईबीको टोलीले बिहीबार (वैशाख १०) नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
झापाका दुई उद्योगमा आगलागी
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
शिक्षा समिति सभापतिमा शेरचन विजयी
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रास्वपा केन्द्रीय समिति बैठक सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय






