बालेन सरकारले थप तीनवटा अध्यादेश पठायो शीतल निवास

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुर्‍याएको छ। विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले दिएको जानकारी अनुसार तीनवटा अध्यादेश पठाउने’bout पार्टीमा पनि छलफल भएको छ । पार्टीकै सहमतिअनुसार सरकारले ती अध्यादेश अगाडि बढाएको हो ।

उता राष्ट्रपति कार्यालयले पनि थप तीनवटा अध्यादेश आएको पुष्टि गरेको छ। यसअघि दुईवटा अध्यादेश सरकारले शीतल निवास पठाइसकेको छ। यसअघि यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्‌बाट सिफारिस भएका दुई अध्यादेश’bout अध्ययन भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल बताएका थिए । ती अध्यादेश सिंहदरबारबाट मंगलबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पठाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

ओमानसँग नेपाल १०२ रनले पराजित