स्याङ्जा । स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको हो ।
यस्तै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएको बताईएको छ । उनीहरु सबै भारतबाट आएकाहुन् । यो संगै स्याङजामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
यस अघि वालिङका ५ जनामा र गल्याङका २ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भईरहेको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)