राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दोस्रो अध्यादेश पनि जारी गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार साँझ सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। यसअघि दिउँसो सहकारी ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ जारी गरेका थिए।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

सरकारले दुई पटक गरी ६ वटा अध्यादेश पठाएको थियो। त्यसमध्ये राष्ट्रपतिले दुई वटा अध्यादेश जारी गरेका छन् भने चार वटा बाँकी छन्।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी