काठमाडौं । बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने भएको छ ।
प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न चार वटा निकुञ्जलाई छनोट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
प्रदेशका लाङटाङ, शिवपुरी–नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।
यी चार निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र प्रकृतिमैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उनले बताए। चार वटै निकुञ्ज क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनका लागि आधार तय गर्ने गरी काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
चट्याङ लागेर युवकको मृत्यु
महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
गुराँसको राजधानी भरिभराउ, होटल नपाएर फर्कँदै पर्यटक
रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही






