काठमाडौं । केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरू केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
यही १२ वैशाखको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका– ५ बोखिमको मध्यपहाडी लोकमार्ग, १६ वैशाखको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका– १० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, ‘बाढी र पहिराका कारण पूर्ण रूपमा अवरुद्ध भएका केही राजमार्ग र सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएका छन् । १६ वैशाखको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी– २ कोदारीस्थित अरनिको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।’
वर्षात्को समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली
महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
पनौतीमा नगर अस्पताल सञ्चालन
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी






