गर्भवती फोटो भाइरल हुँदा दीपिकालाई तनाव

मुम्बई । केही दिन यताबाट अभिनेत्री दीपिका पादुकोण गर्भवती भएको एउटा तस्बिर भाइरल भएको छ । यो तस्बिर आएसँगै अभिनेत्री दीपिका पादुकोण फेरी आमा बन्न लागेकी हुन भनेर उनलाई प्रशंसकहरूले प्रश्न गरिरहेका छन् । उनी फेरी आमा बन्न लागेको गसिप समाचार पनि यति बेला बाहिर आएको थियो ।

तर, आफू फेरी आमा बन्न लागेको चर्चा गलत भएको यी अभिनेत्रीले बताएकी छिन् । उनले यति बेला आफू चलचित्र ‘किङ’को छायांकनमा रहेको पनि जनाएकी छिन् । अहिले नै फेरी आमा बन्ने कुनै योजना नभएको पनि दीपिकाको कथन छ ।

त्यसको लगत्तै शाहरुखले उनलाई गर्भवती अवस्थामा अंकमाल गरेको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर आएसँगै दीपिका दोस्रो पटक गर्भवती नभएको कुरा पुष्टि भएको छ । शाहरुख खान र दीपिका पादुकोण अहिले दक्षिण अफ्रिकामा आफ्नो चलचित्र ‘किङ’को छायांकनमा व्यस्त छन् । सुटिङको भाइरल भएको एउटा भिडियोमा शाहरुखले गर्भवती दीपिका पादुकोणलाई सहयोग गरिरहेको देखाइएको छ ।

यो भिडियो आउनुभन्दा पहिले, चलचित्र ‘किङ’ का केही तस्बिरहरू सार्वजनिक भएका थिए । त्यही तस्बिरमा अभिनेत्री दीपिका गर्भवती देखिएकी थिइन् । यसैबिच यसका निर्देशक सिद्धार्थ आनन्दले ‘किङ’को तस्बिर र भिडियोहरू सार्वजनिक भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले इन्स्टाग्राममा लेख्दै सेटबाट कुनै पनि फोटो वा भिडियो अनलाइन सेयर नगर्न प्राविधिक तथा चलचित्रको छायांकन हेर्न आउने प्रशंसकहरूलाई आग्रह गरेका छन् । चलचित्रको तस्बिर सार्वजनिक गर्दा कथा खुल्ने भएकाले यसो नगरिदिन उनले अनुरोध गरेका हुन् ।

चलचित्र ‘किङ’ मा शाहरुख खानले एक क्रूर हत्याराको भूमिका निर्वाह गरेका छन्। उनकी छोरी सुहाना खानले शाहरुखको चेलीको भूमिका निर्वाह गर्दै छिन् । यस चलचित्रमा अभिषेक बच्चन, रानी मुखर्जीको पनि मुख्य भूमिका छ । चलचित्र ‘किङ’ आउँदो क्रिसमसमा रिलिज हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु