समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैनः मन्त्री रायमाझी

काठमाडौं । बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त सहकारी र ठिक ढंगले चलिरहेका सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएकी छन् ।

बुधवार काठमाडौंमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को ७ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान तथा व्यवस्थापन गर्न बागमती प्रोस्कुनले भूमिका खेल्नुपर्ने समेत बताइन्।

उनले प्रदेशमा रहेका सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न सहकारी ऐन संशोधनको चरण रहेको समेत उल्लेख गरिन ।

संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको उल्लेख गर्दै उनले छिट्टै प्रदेश सभाबाट पारित हुने विश्वास समेत व्यक्त गरिन । पूर्वसहकारीमन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको समेत जानकारी दिइन् ।

उनले भनिन, ‘हामीले सहकारी ऐन संशोधन कुरा गरिरहेको थिएँ । उक्त संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत समेत भइसकेको अवस्था छ । सहकारी क्षेत्रको हकहितको लागि र सहकारीलाई थप बलियो कसरी बनाउन सकिन्छ भनेर सरोकारावालाहरुके सुझावका आधारमा संशोधन प्रस्ताव गरिएको छ । उक्त ऐन छिट्टै आउँछ भन्ने मेरो विश्वास छ ।’

उनले सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न भूमिका खेल्न प्रोस्कुन बागमतीलाई आग्रह समेत गरिन ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

लुडोको पनि अब राष्ट्रिय प्रतियोगिता