काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारले सोमबार पुनः अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल दबाबमा परेका थिए । सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिसका लागि हुबहु पठाउने निर्णय गरेको थियो ।
यसअघि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश सरकारले स्वीकृतिका लागि पुन: सिफारिस गरेको थियो ।
सरकारले सिफारिस गरेका अन्य ७ अध्यादेश यसअघि नै जारी भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)






