काठमाडौं । चिकित्सा शिक्षाविद् प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अग्रवाललाई स्वास्थ्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन हुन्।
डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिने प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन्।
‘स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा. डा. जगदिशप्रसाद अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ,’ दाहालले भनिन्।
डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा प्रदान गर्ने जनाइएको छ।
सम्बन्धित समाचार
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा साम्पाङ
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नसार्ने सरकारको निर्णय
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
नेकपाले बनायो संविधान संशोधन कार्यदल
कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउन कुन विषय पढेको हुनुपर्छ ?
बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण






