दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११ : ५५ बजे भूकम्प गएको हो।

दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार