मुस्ताङ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो ।
पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रश्रव व्यथा सुरु नभएको, गर्भको शिशु कम चलेको र प्रसूति समस्या जटिल बन्दै गएको गुनासोसहित अस्पताल पुगेकी ती महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. समीक्षा कँडेलका अनुसार आमा र शिशुको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको थियो ।
गर्भवतीको अवस्था’bout आफन्तजनलाई उचित परामर्श दिएर आकस्मिक शल्यक्रिया (सिजेरियन सेक्सन) द्वारा सफल प्रसूति गरिएको डा। कँडेलको भनाइ छ । शल्यक्रियाद्वारा दुई किलो ५ सय ग्राम तौलको शिशु जन्मिएको हो ।
प्रदेश अस्पतालमा पछिल्लो चार आर्थिक वर्षमा सयभन्दा बढी महिलाले प्रसूति सेवा प्राप्त गरिसकेका छन् । सेवा लिन आएका मध्ये १६ गर्भवतीको शल्यक्रियाद्वारा सफल प्रसूति गराइसकिएको डा. कँडेलले बताइन् ।
पछिल्लो समय अस्पतालमा शल्यक्रिया प्रसूति सेवा भरपर्दो र विश्वसनीय बन्दै जाँदा यहाँका विपन्न र आर्थिक आयस्रोत कम भएका महिलालाई सहज भएको छ । यसअघि यहाँ शल्यक्रिया सेवा नहुँदा प्रसूति सेवा लिन धेरै पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने बाध्यता थियो ।
सम्बन्धित समाचार
वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पोखरा सभागृह पुनर्निर्माण गरिने
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन
सात गुँडका १९५ अण्डा सङ्कलन
२४ घण्टाभित्र गोल्छालाई उपस्थित गराउन सर्वोच्चको आदेश






