वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका–३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यकअनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।
पक्राउ परेकाहरूका साथबाट केही रकम र दुई वटा मोबाइलसमेत बरामद गरिएको छ ।
सम्बन्धित समाचार
बालेन्द्र सरकारको एक महिना, ५० प्रतिशत प्रतिबद्धता कार्यान्वयन
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
मरिसकेको मान्छे ‘खडा’ गराई जग्गा नामसारी गराउने ७ जनाविरुद्ध मुद्दा
शेखर गोल्छाको मुद्दा : अदालतलाई कहिले समय पुग्दैन, कहिले हेर्नै मिल्दैन
अमेरिकी विशेष दूत गोरले भेटे परराष्ट्र र अर्थमन्त्री
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
आज केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना






