चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् ।
अस्पताल प्रशासनले यही १६ वैशाखमा एक सूचना जारी गर्दै उनीहरुलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो । आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिइएको हो ।
अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकहरुका लागि छुट्टाछुटै आवासको व्यवस्था छ । सहायकस्तरका कर्मचारीका लागि १० वटा घर जहाँ ६० परिवार बस्न मिल्छ । अधिकृतस्तरका कर्मचारीका लागि ६ वटा घर १० वटामा एकल र अन्य १० वटा भवनमा दुई परिवार बस्नमिल्ने गरी आवास बनाइएका छन् ।
यसैगरी, चार परिवार बस्न मिल्ने छ वटा घरमा दुई वटामा चिनियाँ र चार वटामा यहाँका अधिकृत स्तरका कर्मचारी चिकित्सक बस्दै आएका छन् । चिनिया सहयोगमा निर्मित दुई भवनमा १८ परिवार छन् । सहायकस्तरका कर्मचारीका निम्ति बनाइएको ३६ वटा कोठामा १८ परिवारले आश्रय लिएका छन् ।
हालसम्म कसैले पनि आवास खाली नगरेको अस्पतालका भण्डार प्रमुख रेग्मीले बताइन् । अस्पतालबाट २५ किलोमिटरको परिधिमा निजी आवास भएका कर्मचारीलाई आवास सुविधा नदिने नियम सम्झाँउँदै कोठा खाली गर्न सूचना जारी गरेको थियो ।
सम्बन्धित समाचार
कांग्रेस संसदीय दलको नेता चयनमा सकस
‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो
ओलीपथमा बालेन सरकार, संसद् टारेर अध्यादेशको शासन
चिया भनेर रक्सी बेच्दै रुस्लानका मालिक, सञ्चालक राजबहादुरलाई हुनसक्छ ६ महिना कैद
कर्मचारीको बढुवा अब कार्य मूल्यांकन सूचकका आधारमा
सरकारको सम्पर्कमा पुगे काठमाडौंका १८१६ सुकुमबासी परिवार
काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण






