यसरी मनाए नेपालीहरूले नयाँ वर्षस् टिकटक मार्फत बढ्दै छ किनमेल, खानपान र फेस्टिभ अफरहरू

काठमाडौं । वैशाख १ गते विक्रम संवत् अनुसार नयाँ वर्ष मनाउने नेपाली परम्परा यस वर्ष डिजिटल प्रभावसँग थप जोडिएको देखिएको छ। नयाँ वर्ष २०८३ मा मन्दिर दर्शन, पारिवारिक भेटघाट र भोजसँगै टिकटक नयाँ ट्रेन्ड, किनमेल, खानपान र फेस्टिभ अफर खोज्ने प्रमुख माध्यम बनेको छ।

नयाँ वर्ष नजिकिँदै जाँदा टिकटक नेपाली प्रयोगकर्ताका लागि उत्सवमय सामग्रीले भरिएको थियो। क्रियटरहरूले परम्परागत नृत्य, सांस्कृतिक प्रस्तुति, पहिरन परिवर्तन भिडियो तथा काठमाडौंका विभिन्न रेस्टुरेन्ट र नेवारी परिकारका अफरहरू प्रस्तुत गरेका थिए। प्रयोगकर्ताहरूले टिकटकलाई मनोरञ्जनसँगै स्थानीय ट्रेन्ड, फेसन, खानपान र सिफारिस खोज्ने माध्यमका रूपमा प्रयोग गरेका छन्।

यस वर्ष उपहार, लुगा तथा फेस्टिभ अफरसम्बन्धी धेरै सामग्री टिकटकमै केन्द्रित देखियो। साना व्यवसायदेखि स्थापित ब्रान्डसम्मले छुट अफरसहितका भिडियो सार्वजनिक गरेका थिए। #NepaliNewYear, #NayaBarsha, #NewYearOffer लगायत ह्यासट्यागहरू डिजिटल बजारजस्तै सक्रिय बने, जसले ग्राहक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेले ।

खानासम्बन्धी सामग्री पनि टिकटकमा अत्यधिक लोकप्रिय रह्यो। रेस्टुरेन्ट, रिसोर्ट र क्लबहरूले विशेष नयाँ वर्ष प्याकेज सार्वजनिक गरेपछि ती सामग्री छोटो समयमै भाइरल बने। #FoodVlog, #WhereToEat र #Nightlife जस्ता ह्यासट्यागमार्फत प्रयोगकर्ताले नयाँ गन्तव्य र अफर’bout जानकारी लिएका थिए ।

यसका साथै पारिवारिक जमघट, मन्दिर भ्रमण, सांस्कृतिक कार्यक्रम, साथीहरूसँगको उत्सव तथा काउन्टडाउन भिडियोहरू नयाँ वर्षका प्रमुख टिकटक ट्रेन्ड बने। यी सामग्रीले परम्परा र आधुनिक डिजिटल संस्कृतिको मिश्रणलाई झल्काएका छन्।

विदेशमा रहेका नेपाली युवाले पनि टिकटकमार्फत नेपाली नयाँ वर्षसँग आफ्नो सम्बन्ध कायम राखेका छन्। नेपाली गीत, नृत्य, परम्परागत परिकार र सांस्कृतिक सामग्री साझा गर्दै उनीहरूले टाढाबाट पनि नयाँ वर्षको उत्सव मनाएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

वेबसाइट ह्याक प्रकरण : विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर