६२ वर्षिय खड्का घर नजिकै मृत भेटिए

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ९ राजाबासका एक बृद्ध बाटैमा मृत भेटिएका छन् । शुक्रबार साँझ चुहाडेस्थित होटलबाट घर जाने भनेर हिडेका ६२ वर्षिय चुडाबहादुर खड्का घर नजिकै मृत भेटिएका हुन् । ६२ वर्षीय खड्का घरदेखि ७ सय मिटर टाढा बाटैमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घर जान्छु भनेर होटलबाट निस्केका उनी राति अवेरसम्म घर परिवारसँग सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।

आफन्तले खोज्ने क्रममा घरदेखि उत्तरतर्फको भित्री गोरेटो बाटोमा खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । स्थानीय चौकी र जिल्ला प्रहरी कार्यालयको टोली शनिबार घटनास्थल पुगे सर्जमिन मुचुल्का र आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल उदयपुर पठाएको थियो ।

पोस्टमार्टम गरी शव अन्त्यष्टिका लागि आफन्तको जिम्मा लगाई सकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार राति वर्षासँगै परेको चट्याङले खड्काको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । अन्य के कारणले ज्यान गएको हो भन्ने ’boutमा शब परिक्षण रिर्पोटबाट थाहा हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

६२ वर्षिय खड्का घर नजिकै मृत भेटिए