अर्घाखाँचीको दुर्गा फाँट कुडेलेमा बस दुर्घटना, दुई जनाको मृत्यु

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। ध१ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ।

घटनाको ’boutमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पर्वत जिल्ला मोदी गाउँपालिका पातिचौरबाट अर्घाखाँची जिल्लाको सुपादेउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस दुर्घटना भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

अग्रता जोगाउन नसक्दा इरानसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड