धनगढी । कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले यस वर्ष कक्षा ११ मा ४५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पाठशालाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्ति’bout जानकारी दिएको हो ।
पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको संस्थाले चालु शैक्षिक सत्रमा पनि प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनका अनुसार यस वर्ष प्रतिस्पर्धात्मक परीक्षाका आधारमा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।
साथै, सुदूरपश्चिम प्रदेशमा रहेका ९ जिल्लाबाट २र२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ । त्यस्तै, ‘अपी एजुकेशन प्रोजेक्ट’ अन्तर्गत व्यवस्थापन संकायमा एक जना छात्र र एक जना छात्रालाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति प्रदान गरिने जानकारी पनि उनले दिए ।
छात्रवृत्ति प्रदान गर्दा एसईईको नतिजा, प्रवेश परीक्षा तथा अन्तर्वार्तालाई आधार बनाइने अध्यक्ष जोशीले बताए । पाठशालाका अनुसार वैशाख २९ गतेदेखि छात्रवृत्ति आवेदन फाराम वितरण सुरु भएको छ । आवेदन दिने अन्तिम मिति जेठ ८ गतेसम्म तोकिएको छ भने छात्रवृत्ति परीक्षा जेठ ९ गते सञ्चालन गरिनेछ ।
सामाजिक उत्तरदायित्व बोकेको शैक्षिक संस्था भएकाले हरेक शैक्षिक सत्रमा आर्थिक तथा शैक्षिक रूपमा सहयोग आवश्यक पर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाठशालाले जनाएको छ ।
आवेदनका लागि निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईईको नतिजा वा मार्कसिट ९उपलब्ध भएमा०, सम्बन्धित वर्ग खुल्ने प्रमाणपत्र (सम्बन्धित हकमा) तथा दुई प्रति पासपोर्ट साइज फोटो आवश्यक पर्ने जानकारी पाठशालाले दिएको छ ।
सम्बन्धित समाचार
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
शिक्षामा सीप ‘स्केचिङ एण्ड स्क्ल्पचर प्रदर्शनी’ सुरु
टियुका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा






