काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।
सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
नौ वर्षपछि कसरी टुंगियो इस्मा गाउँपालिकाको केन्द्र विवाद ?
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या
फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न अस्विकार
दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
१४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा
अर्घाखाँचीको दुर्गा फाँट कुडेलेमा बस दुर्घटना, दुई जनाको मृत्यु





