काठमाडौँ। नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बनेको हो ।
वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपाललाई ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय इनिङ्स खेले । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाए। उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।
दीपेन्द्रले ५५ रन बनाए । अर्धशतक बनाउने क्रममा उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाए ।बलिङमा स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए ।
यस्तै मार्क वाटले दुई दुई तथा ज्याक जार्भिस र ओलिभर डेभिडसनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाए । ६२ रनको सामना गर्दा उनले १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाए।
त्यसैगरी अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाए । पाँचौँ क्रममा ब्याटिङ गरेका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाए । २० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाए । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पारेका हुन् ।
सम्बन्धित समाचार
विश्वकप लिग-२ टस हारेर नेपाल बलिङ गर्दै
‘चन्द्रगढी महिला गोल्डकप’ उपाधि एपीएफलाई
संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दल बैठक बस्दै
ओमानसँग नेपाल १०२ रनले पराजित
राष्ट्रपति पौडेलले गरे सरकारले पठाएको अध्यादेश जारी
धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो
बीपी राजमार्गमा आवागमन पूर्ण रुपमा बन्द
सशस्त्र प्रहरी बल नेपाललाई प्रविधिमैत्री बनाउन आईटी स्टेरिङ कमिटी गठन






