एसईईमा सन्तोषजनक नतिजा नआएपछि २ छात्राद्वारा देहत्याग

फाइल तस्बिर

धनगढी, वैशाख २९ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिकाका छात्राले देहत्याग गरेका हुन् । उनीहरु आज आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जनाइएको छ ।

उनीहरूले देहत्याग गर्नुको कारण एसईई नतिजा राम्रो नआएका कारण रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दुवै छात्रा नाबालिग रहेकाले उनीहरूको नाम र विद्यालय गोप्य राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

पर्बतको जलजलामा नि:शुल्क मुटु तथा मृगौला रोग परिक्षण