जंगली च्याउ खाँदा सिन्धुलीमा ६ जना विरामी

सिन्धुली । जंगली च्याउ खाँदा बुधबार सिन्धुलीको मरिणमा एकै परिवारका ६ जना विरामी परेका छन् । मरिण गाउँपालिका वडा नं. ३ नक्कलीमा जंगली च्याउ खाँदा ५ जना बालबालिका र एक जना वृद्ध महिला विरामी परेका हुन् ।

च्याउ खाएर विरामी पर्नेमा १४ वर्षिय संगिता सेन्चुरी, १६ वर्षिय मिलन सेन्चुरी, ९ वर्षिय ऋतिका बि.क., १० वर्षिय सुमित्रा बि.क, ६ वर्षिय कपिल बि.क र ७० वर्षिया हस्तमाया वि.क विरामी भएका छन् ।

च्याउ खाएर विरामी भएकामध्ये एक जनाको अवस्था गम्भिर रहेको र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार च्याउ खाएर कुशेश्वर माध्यामिक विद्यालय नक्कली भएका पाँच जना बालबालिका विद्यालयमै विरामी भएपछि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका लागि ल्याईएको थियो भने हस्तमायालाई घरबाटै अस्पताल ल्याईएको थियो । हस्तमायाको अवस्था गम्भिर रहेको डिएसपी सुवेदीले जानकारी दिएका छन् ।

विरामीमध्ये ३ जनालाई थप उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ । संगिता, हस्तमाया र कपिललाई थप उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

जंगली च्याउ खाँदा सिन्धुलीमा ६ जना विरामी