काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अंकले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सीमित भएको हो ।
आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन् ।
आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाएका छन् । त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सज लाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।
सम्बन्धित समाचार
आज पनि घट्यो नेप्से परिसूचक
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
नेप्से परिसूचक ३४ अङ्कले घट्यो
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
अर्थमन्त्रीद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश संसदमा पेस
आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटको सिलिङ १८ खर्ब ९० अर्बसिलिङ
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट






