काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। बिहीबार गरिएको हेरफेरमा प्रधानमन्त्री वालेन्द्र शाहले तीन मन्त्रालय आफूसँगै राखेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। नयाँ कार्यविभाजनअनुसार, प्रधानमन्त्री शाहले तीन वटा मन्त्रालय आफूसँगै राखेका छन्।
प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका हुन्। सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो। अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि थपिएको हो।
तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
कांग्रेसद्वारा संसद समन्वय बोर्डको बैठक आह्वान
संघीय संसद् सचिवालयका ट्रेड युनियन खारेज
गुरुङको नेतृत्वमा कांग्रेस अनुशासन समिति पुनर्गठन
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक






