शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्षका उम्मेदवार एवम् अभिनेता सविन श्रेष्ठ शव विश्राम व्यवस्थापन अभियानमा छन् । कलाकारहरूको निधन हुँदा पशुपति क्षेत्रमा शवलाई जमिनमै राखेर अन्तिम श्रद्धाञ्जली दिँदै आएको दृश्य विगतमा सविनलाई मन परेको थिएन । अब यस्ता शवले सम्मानित रूपमा श्रद्धाञ्जलीको अवसर पाउन भन्दै अभिनेता सविनये अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् ।

सविनये आफ्नी पत्नी एवम् अभिनेत्री अनु शाहसँग मिलेर बनाएको सो कर्रा शुक्रवार अपराह्न पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटलाई हस्तान्तरण गरे । विगतमा महिलाहरूलाई स्कुल स्कुल पुगेर स्यानिटरी प्याड वितरणदेखि अनाथ, अपांग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग प्रदान गर्दै आएका सविनये यति बेला यस्तो सहयोग गरेका हुन् ।

हुन त उनको यो सहयोगलाई अरू कलाकारहरूले चुनावी प्रचारको रूपमा पनि लिएका छन् । तर सविनले यो विशुद्ध सामाजिक कार्य भएको र यसको निर्वाचनसँग कुनै सम्बन्ध नभएको बताए । यस’bout उनले भने,‘कलाकर्मीको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने समस्याले मलाई दुःखी बनाउने गरेको थियो । सोही कारण आफू अग्रसर भएर कर्रा निर्माण गरेर मैले आज हस्तान्तरण गरेको हुँ ।’

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

देशभरका सुकुम्बासीको बुटवलमा प्रदर्शन