काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएपछि उक्त कीर्तिमानलाई तोडेका हुन् ।
स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले आज जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिएका थिए । सन्दीपले एकदिवसीय ७३ खेलमा १५० विकेट लिन सफल भए । स्टार्कले यो उपलब्धि ७७ खेलमा पूरा गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
विश्वकप लिग २: ओमानविरुद्ध नेपालको सानदार जित
फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई सुकुम्बासीको पक्षमा उभिने
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ गते काठमाडौंमा हुने
डोजर मनोविज्ञान
अमेरिकाविरुद्धको खेलमा नेपाल सात रनले विजयी
प्रथम छायाँनाथ अल्ट्रा रेसमा धीरबहादुर र सुनमाया प्रथम






